साताभर सेयर बजारमा निराशाजनक कारोबार

काठमाडौँ, १६ मंसिर । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० यो साताको कारोबार पनि निकै निराशाजनक रह्यो। साताको सुरुवातबाटै गिरावट रहेको सेयर बजारमा बधुबारमात्रै झिनो अंकले बढेको थियो । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार ८० अंकले घटेको थियो ।लगानीकर्ता नेपाल राष्ट्रबैंकले मौद्रक नीतिमार्फत ४.१२ को क्याप हटाउने आशामा थिए तर बैंकले सो नीतिमा कुनै सुनुवाई नगरेपछि लगानीकर्तामा निराशा छाएको थियो।

सोमबार पनि सेयरबजारको ओरालो यात्रा निरन्तर नै रह्यो । सोमबार सेयर बजार २१।५१ अंकले घटेर २६२९.९८ अंकमा झरेको थियो ।मंगलबार पनि ओरालो यात्रा निरन्तर रहेको थियो । मंलबार १।६४ अंकले घट्दा २६२८.३७ अंकमा पुगेको थियो ।यता बुधबार भने सेयर बजार केही उकलो लागेको थियो । बुधबार ५५।२८ अंकले बढेर २६३३।६६ अंकमा पुगेको थियो ।

साताको अन्तिम दिन सेयर बजारमा उल्लेख्य गिरावट आएको छ । आज सेयर बजार परिसूचक अंकले ४९।०४ घटेर २५८४।६१ बिन्दूमा पुगेको छ ।

आज ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १ सय २६ रूपैयाँ बराबरको कारोबार हँदा ७९ लाख ३२ हजार ७ सय ३१ सेयर कारोबार भएको छ । बिहिबारको कारोबारमा ११ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १ सय ७७ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ । आज सबै सेयर बजारका १३ वटै परिसूचक राताम्मे देखिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति