भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, १४ मंसिर । एमालेको पदाधिकारी प्रतिस्पर्धामा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । अहिले सुनाइएको मतपरिणाम अनुसार उनीहरु केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्य भीम रावलले ९०४ मत प्राप्त गरेका छन् । घनश्याम भुसालले १२६४ मत ल्याएका छन् ।रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । उपाध्यक्षमा उम्मेदवारी दिएका भुसाल पनि हारेका थिए । उनीहरु दुवैलाई महाधिवेशन प्रतिनिधिले केन्द्रीय सदस्यमा भोट दिएका छन् ।

रावलनिकट नेता झपट रावल पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् । सचिवमा हारेका भीम आचार्य १३९३ मत ल्याउँदै केन्द्रीय सदस्य बनेका छन् । सचिवमै पराजित टंक कार्कीले भने केन्द्रीय सदस्य गुमाए उनले ९०५ भोट ल्याए ।भीम रावलले भने आफू केन्द्रीय सदस्य नबस्ने बताएको एमाले निर्वाचन समितिका संयोजक विजय सुब्बाले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति