काठमाडौं, १४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतमा अहिले देखिएको तनावपूर्ण अवस्था असार २८ मा गरिएको सेटिङकै उपज भनेको छ।
चितवनमा जारी दसौँ महाधिवेशनको घोषणा सभा तथा समापन कार्यक्रममा १७ बुँदे प्रस्ताव पास गर्दै एमालेले यस्तो भनेको हो।असार २८ मा न्यायालय र पाँच दलको सेटिङ भएको कुरा पछिल्ला घटनाले देखाएको छ, एमालेले भनेको छ, त्यही फैसलाकै उपज आज न्यायबाट सर्वसाधारण नागरिक बञ्चित छन्।
एमालेले सर्वोच्चमा कात्तिक ८ गतेदेखि हालसम्म जारी अवरोधप्रति महाधिवेशनले खेद व्यक्त गर्ने निर्णय पनि एमालेले लिएको छ।एमालेले न्यायालयलाई भ्रष्टाचार मुक्त बनाउन पनि आग्रह गरेको छ। तर एमालेले अदालत प्रकरणमा प्रधानन्यायाधीश र न्यायाधीशहरु कसैलाई दोषी ठानेको छैन।
प्रतिक्रिया