ओलीलाई बधाई दिन पुगे अध्यक्षमा हारेका रावल

काठमाडौ, १४ मंसिर । नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावल ओलीसँगै मञ्चमा देखिएका छन्। एमालेमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि फराकिलो मत अन्तरमा विजयी भए पनि ओलीलाई बधाई दिन निर्वाचन परिणाम घोषणा कार्यक्रममा सँगै देखिएका हुन्।‘यस्तो हुन्छ भन्ने मलाई पहिला नै थाहा थियो।

सबै थाहा पाएरै पाइला चालेको हुँ,’ रावलले मत परिणाम सार्वजनिक भएपछि हामी सग संक्षिप्त कुरा गर्दै भने,‘बाँकी कुरा अहिले घोषणा सभामा अध्यक्षलाई बधाई दिएर आएपछि भन्छु।’मतपरिणम घोषणासहित नवनिर्वाचित केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रम अहिले आयोजना भइरहेको छ। कार्यक्रममा अध्यक्ष ओलीसहितका साविक पदाधिकारीहरू मञ्चमा छन्।

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।एमालेमा सर्वसम्मत नेतृत्वको लागि प्रयास भए पनि रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि निर्वाचन भएको हो।मंगलबार दिउँसो सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदा रावलले २२३ मत पाएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति