अध्यक्ष पदमा ओली भारी मतान्तरले विजयी

काठमाडौं, १४ मंसिर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा भएको निर्वाचनमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन् । आज बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले उनका प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै निर्वाचित बनेका हुन् ।केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले भने, ‘भारी मतान्तरले केपी शर्मा ओली विजयी हुनुभएको छ । अब केही बेरमा सम्पूर्ण नतिजा प्रकाशित गर्छौँ ।’ आयोगले औपचारिक मत परिणाम भने अझै घोषणा गर्न बाँकी रहेको छ । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधि मत रेकर्ड भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति