कास्की बस दुर्घटनामा चालकको मृत्यु

कास्की, १४ मङ्सिर । पोखरा–बागलुङ सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा आठ यात्रु घाइते भएका छन् ।

भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु१ख ७७६६ नंको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुर घुम्तीस्थित पोखरा–बागलुङ सडकखण्डमा सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो । दुर्घटनामा पाल्पा घर भएका चालक ४५ वर्षीय भूपनाथ खनालको मृत्यु भएको छ । उनको उपचाका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

घाइते यात्रुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटामा परी घाइते हुनेमा बागलुङ नगरपालिका–६ लहरेपीपलका २९ वर्षीय शिवराम शर्मा, बागलुङ ठुलढुङ्गाका ४८ वर्षीया कृष्ण खड्का, बागलुङ नगरपालिका–१४ बलेवाका २५ वर्षीय राजु श्रेष्ठ, उहाँका बुबा ८५ वर्षीय उमलाल श्रेष्ठ, बागलुङ नगरपालिका–२ का ४२ वर्षीय सुवर्ण सापकोटा, पर्वतको फलेवास नगरपालिका–४ का ३५ वर्षीय सूर्य तिवारी, चितवनको भरतपुर महागनरपालिका–३ की साधना उपाध्याय र अन्नपूर्ण गाउँपालिका–३ पाउदुरका माया विक छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति