नाइजेरियाको जेलमा आक्रमण ११ जनाको मृत्यु २५२ बन्दी भागे

एजेन्सी, १४ मंसिर । नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्रमणबाट २५२ जना बन्दीहरु भागेको बताइएको छ । अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दुकधारीहरुले हमला गरेकाे बताइएकाे छ।

उक्त हमलामा परेर यहाँका ११ जनाको ज्यान गएको र अरु २५२ जना भाग्न सफल भएको बताइएको छ । नाइजेरियाको कारागार अधिकारीहरुकाअनुसार सो हमला कसले गर्‍यो भन्ने बारेमा केही खुल्न सकेको छैन । कैदीलाई भगाउने उद्देश्यले सो हमला गरेको हुनसक्ने अनुमान गरिएको छ । पहिले पनि यहाँका जेलहरुमा यसरी नै पटक पटक हमला हुने गर्दथ्यो ।

यहाँका कारागार सम्बन्धी निकायका अधिकारीहरुले आक्रमणकारीहरुको खोजी जारी रहेको बताएका छन् । उनीहरुले जेलबाट भागेकाहरुको पनि खोजी कार्य प्रहरीले सुरु गरेको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति