चितवन, १४ मंसिर । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता डा। युवराज खतिवडाले परिवर्तन भन्दैमा आफूले बनाउन नसक्ने कुरा भत्काउन नहुने बताएका छन् । पार्टीको दशौं महाधिवेशनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले समाजवादतर्फ जाने भन्दैमा आफूले निर्माण गर्न नसक्ने संरचनालाई भत्काएर अलपत्र पार्न नहुने बताएका हुन् ।उनले दशौं महाधिवेशनबाट नेकपा एमाले जनतासँग जोडिएर जनताका सुख–दुःखमा साथ दिने मुख्य राजनीतिक शक्तिका रुपमा अझ क्रियाशील हुने बताए ।उनले पूँजीवादले सिर्जना गरेको जगबाट समाजवादतर्फ अघि बढेका कारण आफ्नो कार्यकालमा केही निजी क्षेत्रका संस्था भत्काउन नसकेको बताए । उनले प्रश्न गरे, ‘सशस्त्र द्वन्द्वको बेलामा कतिपय त भत्काउनु भयो होला नि, तर बनाउन सकियो त ?’ बनाउन नसकिने कुरा भत्काउनु हुँदैन, त्यसलाई सुधार गरेर अघि बढ्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ ।
बनाउन नसक्ने कुरा भत्काउनु हुँदैन : डा. युवराज खतिवडा
प्रतिक्रिया