अध्यक्ष नभए केन्द्रीय सदस्य स्वीकार्दिनँ – रावल

चितवन, १४ मंसिर । एमालेमा अध्यक्षका उम्मेदवार भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए सदस्य पद स्वीकार नगर्ने बताएका छन् ।
नेपाल प्रेससँग कुरा गर्दै उनले सदस्य पदमा उम्मेदवारी नदिएको र त्यो पद स्वीकार नगर्ने बताएका हुन् ।‘मैले जिते भने अध्यक्षको हैसियतले पार्टी विधान अनुसार पार्टीलाई नेतृत्व दिएर राष्टिय राजनीतिलाई दिशा निर्देश गर्छु त्यो जिम्मेवारी पाइन भने पदको अधिकार प्रयोग गर्ने कुरा भएन ।’उनले अघि थपे, ‘केन्द्रीय सदस्य स्वीकार गर्दिन । मैले उम्मेदवारी नदिएको कुरामा पहिले पनि सपथ गरेको होइन । अहिले पनि म गर्दिनसदस्यमा उम्मेदवारी नहालेको मेरो नाम रहेछ अध्यक्षमा लड्ने मान्छेले सदस्यमा हाल्दैन । सदस्यमा मेरो उम्मेदवारी नै होइन । ‘

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति