काँग्रेस महाधिवेशन : सर्लाहीमा झडप हुँदा निर्वाचन अधिकृतसहित ५ जना घाइते

काठमाडौं, १३ मंसिर ।  सर्लाहीमा नेपाली काँग्रेसको वडा अधिवेशन क्रममा आज झडप भएको छ । वडा अधिवेशनकै क्रममा भएको विवादले उग्र रूप लिएपछि झडप भएको हो ।

गोली चलेको एक दिन नबित्दै पुनः आज भएको झडपमा परी मतदान अधिकृत सहित ५ जना घाइते भएका छन् । बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँग झडप भएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाका अनुसार झडपको क्रममा ५ जना घाइते भएका छन् । मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि प्रहरी बचाउनका लागि प्रयास गर्ने क्रममा प्रहरीसँग झडप भएको उनको भनाई छ ।

यस्तै झडपमा परेर झासहित ३ जना प्रहरी र एक जना सर्वसाधारण पनि घाइते भएको उनले जानकारी दिएका छन् । निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ भने एक जना प्रहरी निरीक्षकको हात भाँचिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति