भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराए

काठमाडौ १३ मंसिर । नेता घनश्यम भुसालले एमालेको उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । जारी महाधिवेशन अन्तरगत अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।ओलीले घोषणा गरेर केन्द्रीय कमिटी बनाउने निर्णयप्रति आपत्ति जनाउँदै आएका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।महाधिवेशनको निर्वाचन कार्यक्रम अन्तरगत अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल र युवराज ज्ञवालीले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु तीनैजना ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा परेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति