चितवन, १३ मंसिर । एमालेको जारी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दर्ता गर्दै नेता भीम रावलले जितेपछि पार्टीलाई आगामी चुनावमा बहुमत दिलाउने दाबी गरेका छन् । उनले पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा नहुने भन्दै आफूले अध्यक्षका लागि उम्मेदवारी दिएको बताए । ‘पार्टीमा अहिले कुनै समूह छैन’, उम्मेदवारी दर्तापछि उनले भने, ‘हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठ्ने अधिकार छ । मैले पनि आफ्नो अधिकार प्रयोग गरें ।’उनले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउन उम्मेदवारी दिएको बताए ।
अध्यक्ष पदमा भीम रावलको उम्मेदवारी दर्ता
प्रतिक्रिया