ओलीले छाने १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य, भुसाल पदाधिकारीबाट आउट

चितवन , १३ मंसिर । चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनका सौराहमा जारी बन्दसत्रमा मध्यरातमा १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका छन् ।आइतबार बिहान १० बजेबाट बस्नुपर्ने बन्दसत्र पदाधिकारीमा कुरा नमिल्दा मध्यरातमा मात्र सुरु भएको थियो । पदाधिकारीसहित केन्द्रीय सदस्य छान्ने सर्वाधिकार लिएका ओलीले नाम प्रस्तुत गर्दा घनश्याम भुसाललाई आउट गरेका छन् । नवौं महाधिवेशनबाट उपमहासचिवमा विजयी ओलीका वैचारिक प्रतिद्वन्द्वी भुसाललाई ओलीले पदाधिकारी टिमबाट आउट गरेका हुन् । यस्तै सुवासचन्द्र नेम्वाको नामै लिन झण्डै बिर्सिए ।ओलीले आफुलाई अध्यक्षमा घोषणा गरेका थिए ।ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम प्रस्ताव गरेका छन् । ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्षी शाक्य, सुरेन्द्र पाण्डे रामबहादुर थापा बादल र विष्णु पौडेलको नाम उनले सुनाए ।महासचिवमा शंकर पोखरेलको नाम पढिसकेपछि उपमहासचिवको नाम पढ्नु अघि मात्र उपाध्यक्षमा सुवासको नाम बिर्सिएछ भन्दै पढेका थिए ।ओलीले तीन उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन् । यसैगरी ७ जना सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्यालको नाम ओलीले प्रस्ताव गरेका छन् ।

ओलीले पेश गरेको केन्द्रीय कमिटी सदस्यहरुको नामावलीमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, योगेश भट्टराई, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा बादल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, किरङ गुरुङ, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणी थापा, रघुजी पन्त, खजराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, कर्ण थापा, काशीनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, अग्नि खरेल, गोकुल बास्कोट, महेश बस्नेत, देवी ज्ञवाली, राजन भट्टराई, खिमलाल भट्टराई, ठाकुर गैरे, सूर्य थापा रहेका छन् ।

त्यसैगरी गणेश ठगुन्ना, झपट रावल, राजीव पहारी, नरबहादुर धामी र सञ्जीव झा पनि परेका छन् ।ओलीलाई हजुरबुवा भनेर सम्बोधन गर्ने मेडिकल व्यापारी दुर्गा प्रसाई भने अध्यक्ष ओलीको ३०१ जनाको सूचीमा अटाएनन् । प्रसाईले आफू केन्द्रीय सदस्यको दाबेदार रहेको र हजुरबाको आशिर्वाद चाहियो भन्दै ओलीलाई भेटेरै अनुरोध गरेका थिए ।

आफूले सबैपक्ष विचार गरेर, प्रस्तुत गरेर नाम लिस्ट तयार पारेको भन्दै नामावलीमा छुटेका पुराना साथीलाई सल्लाहकारमा समेटिने अध्यक्ष ओलीले प्रतिबद्धता जनाएका थिए ।बन्दसत्रमा ओलीले अन्तिममा आफ्नो नाम पढेका थिए। नाम पढ्नु अघि जिस्कँदै भने ३०१ जनामा म पनि पर्छु नि रु अनि ३०१ जानाको नाम पढेपछि तोकिएको समयमा मनोनयन गर्न सबैलाई आग्रह गरे । ‘३०१ जनामा नपर्नेले नि ईच्छुक हुनेहरुले मनोनयन गर्न सक्छन्,’ उनले भने । ओलीले नयाँ केन्द्रीय समिति सर्वसम्मत बनाउन नामावली प्रस्तुत गरेका छन् । तर अध्यक्षमा भीम रावलले चुनावी प्रतिस्पर्धा गर्ने बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति