चितवन, १२ मंसिर । नेकपा एमालेको दशौं महाधिवेशनका लागि सहमतिको प्रयास चलिरहेका बेला निर्वाचन आयोगले निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरेको छ । डा. विजय सुब्बाअनुसार केहीबेरमा मतदाता नामावली सार्वजनिक हुनेछ भने साति साढे ११ देखि साढे १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । दावी विरोध, फिर्ता लगायतका प्रक्रिया पुरा गरेर राति २ः १० मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ । निर्वाचन कार्यक्रमअनुसार भोलि विहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुनेछ ।
एमालेको निर्वाचन कार्यक्रम : उम्मेदवारी दर्ताका लागि एक घण्टा, भोलि मतदान
प्रतिक्रिया