काठमाडौँ, १२ मंसिर । निर्धारित समयभन्दा १० घण्टा ढिलो गरी एमालेको १० औं महाधिवेशनको बन्द सत्र सुरु हुन लागेको छ । बिहान १० बजे बोलाइएपनि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाममा सहमति हुन नसकेपछि साँझ ७ बजेका लागि बोलाइएको थियो ।
७ बजे पनि ढिलो भएपछि १ घण्टा पछि सारेर ८ बजेका लागि बन्द सत्र बोलाइएको थियो ।अहिले बन्दसत्र स्थल होटल सेभेन स्टार प्रतिनिधिहरुको चहलपहल बढेको छ । सुरक्षा चेकजाँच गरेर प्रतिनिधिहरुलाई बन्द सत्र हलभित्र प्रवेश गर्न थालेका छन् ।ओलीसँगको छलफलपछि उनी निकटका नेताहरु होटल सफारीबाट बाहिरिएका छन् ।
उनीहरु बन्दसत्र स्थल आउँदै गरेको नेताहरुले बताएका छन् । प्रतिनिधिहरु बन्दसत्र सञ्चालन हुने हलमा भेला हुन थालेपछि बाहिर सुरक्षा सतर्कता बढाइएको छ ।
प्रतिक्रिया