उपाध्यक्ष रावलले बन्दसत्र स्थल नछोड्ने, खाना प्याक गरेर पठाइने

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र स्थल उपाध्यक्ष भीम रावलले नछोड्ने बताएका छन् । रावलले नेतृत्व विधानविपरीत जानसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताएका हुन् । आइतबार बिहान १० बजेका लागि बोलाइएको बन्दसत्र बेलुकीको सवा ६ बज्दासम्म सञ्चालन हुन सकेको छैन । एमाले स्रोतका अनुसार बेलुकी ७ बजेबाट बन्दसत्र सुरु हुने छ ।अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयन गर्ने जिम्मेवारी दिएको थियो । अध्यक्ष ओली बिहानैदेखि आफू निकटका नेताहरूसँग सर्वसम्मत नेतृत्व चयनका विषयमा छलफल गरिरहेका छन् । उता अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता रावलले जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थलमै रहने बताएका छन् । उनका लागि सचिवालयले बाहिरबाट खाना प्याक गरेर लैजाने भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति