काँग्रेस अधिवेशन : यस्तो छ देउवा–पौडेलको प्रदेशगत अवस्था

काठमाडौं, १२ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ४४ जिल्लाको अधिवेशन सकिएको छ । आइतबार दिउँसोसम्म ४४ जिल्लाको अधिवेशन सकिएको हो । जसमा प्रदेश १ का १०, बागमती प्रदेशका ४, गण्डकी प्रदेशका ६, लुम्बिनीका आठ, कर्णालीका ९ र सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।प्रदेश एकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ५–५ जिल्ला सभापति जितेको छ । प्रदेश एकमा १३ औँ महाधिवेशनमा अधिवेशन भएका १० जिल्ला मध्ये ओखलढुंगामा देउवा पक्ष विजयी भएको थियो । प्रदेश दुईका आठवटै जिल्लामा जिल्ला अधिवेशनको टुङ्गो छैन ।

सर्लाहीमा वडा अधिवेशनसमेत सुरु हुन सकेको छैन भने अन्य जिल्लामा पालिका र प्रदेशसभा क्षेत्रीय अधिवेशन भइरहेको छ । यस्तै बागमती प्रदेशका चार जिल्लामा काँग्रेस अधिवेशन सम्पन्न भएको छ । चार मध्ये देउवा र पौडेल पक्षले दुई दुई जिल्ला सभापति जितेको छ ।

यस्तै गण्डकी प्रदेशका ६ जिल्लामा काँग्रेस अधिवेशन सकिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह प्रदेशमा देउवा पक्षले अहिलेसम्म ४ जिल्ला सभापतिमा बाजी मारेको छ । पौडेल पक्षले २ जिल्ला सभापति जितेको छ । उता गृहमन्त्री बालकृष्ण खाँणको गृह प्रदेशमा देउवा पक्षको उपस्थिति कमजोर देखिएको छ । ८ वटा जिल्लामा अधिवेशन सकिँदा पौडेल पक्ष ६ र देउवा पक्ष २ जिल्ला सभापतिमा सीमित छ ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृह प्रदेश कर्णालीमा भने देउवा पक्षले जिल्ला सभापतिमा जबरजस्त उपस्थिति देखाएको छ । १३ औँ महाधिवेशनमा एक जिल्ला सभापतिमा सीमित भएको देउवा पक्षले यसपटक ९ जिल्लामा अधिवेशन हुँदा ८ जिल्लामा सभापति जितेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा पौडेल पक्षले केही सुधार गरेको छ । १३ औँ महाधिवेशनमा २ जिल्ला जितेको पौडेल पक्षले यसपटक अहिलेसम्म ३ जिल्ला सभापति जितेको छ । समग्रमा देउवा पक्षले १३ औँ महाधिवेशन भन्दा १४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा सुधार गरेको छ ।

१३ औँ महाधिवेशनमा २२ जिल्लामा सीमित देउवा पक्षले १४ औँमा ४४ जिल्लाको नजिता आउँदा २४ जिल्लामा आफू पक्षीय सभापति ल्याएको छ ।

यस्तो छ देउवा – पौडेल पक्षको प्रदेशगत अवस्था

देउवा पक्ष – प्रदेश एक

गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

रूपनारायण जबेगु – पाँचथर

तेजेन्द्र खनाल– ओखलढुङ्गा

डम्बर खड्का – इलाम

पौडेल पक्ष – प्रदेश एक

दीपक खड्का– सङ्खुवासभा

अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

विष्णु राई – खोटाङ

विनोद बान्तवा – भोजपुर

देउवा पक्ष– बागमती प्रदेश

कान्छाराम तामाङ – रामेछाप

तीर्थ लामा – काभ्रेपलान्चोक

पौडेल पक्ष – बागमती प्रदेश

रमेश महत – नुवाकोट

बर्मा लामा – दोलखा

देउवा पक्ष – गण्डकी प्रदेश

किशोरदत्त बराल – कास्की

शङ्कर गुरुङ – मनाङ

खमवी गर्बुजा – म्याग्दी

डा. टकराज गुरुङ – लमजुङ

पौडेल – गण्डकी प्रदेश

नन्दप्रसाद न्यौपाने – गोरखा

राजु थापा – स्याङ्जा

रोमी गौचन थकाली – मुस्ताङ

देउवा पक्ष – लुम्बिनी प्रदेश

रामकृष्ण खाँण – रुपन्देही

केशरमान रोका – रुकुमपूर्व

पौडेल पक्ष – लुम्बिनी प्रदेश

हिमालदत्त श्रेष्ठ –पाल्पा

किशोर आचार्य – रोल्पा

विष्णुकुमार गिरी – प्यूठान

केशव श्रेष्ठ – अर्घाखाँची

शङ्कर डाँगी – दाङ

अर्जुनकुमार पोखरेल – नवलपरासी पश्चिम

देउवा पक्ष – कर्णाली प्रदेश

मोहनविक्रम सिंह – हुम्ला

प्रेमप्रकाश ओली – रुकुम पश्चिम

वेदराज सिंह – जाजरकोट

ऐनबहादुर शाही – मुगु

केशबहादुर विष्ट – सल्यान

खड्क पोखरेल – सुर्खेत

दीपेन्द्रबहादुर शाही – डोल्पा

कर्णबहादुर शाही – जुम्ला

पौडेल पक्ष – कर्णाली प्रदेश

अम्मबहादुर शाही – कालिकोट

देउवा पक्ष – सुदूरपश्चिम प्रदेश

भीमबहादुर साउद – डडेलधुरा

खड्क बोहरा – बझाङ

नरेन्द्रबहादुर सिंह – डोटी

पौडेल पक्ष– सुदूरपश्चिम प्रदेश

रामसिंह रावल – बाजुरा

चतुरबहादुर चन्द – बैतडी

ललितसिंह बोहरा – दार्चुला सभापति

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति