सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरुबीच भेटवार्ता

काठमाडौं, १२ मंसिर । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (समाजवादी) का अध्यक्ष माधव नेपालबीच आज भेटवार्ता भएको हो ।केही दिनअघि बार पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले न्यायालयमा देखिएको विवादका बारेमा दुई तीन दिनभित्रै गठबन्धनमा छलफल हुने आश्वासन दिएका थिए । सोही अनुसार आज बालुवाटारमा गठबन्धनमा सहभागी दलका नेतृत्वसँग छलफल भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति