ओमिक्रोनको त्रास : इजरायलले १४ दिनका लागि लगायो विदेशीको प्रवेशमा प्रतिबन्ध

काठमाडौँ, १२ मंसिर । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनुबाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै युरोप र विश्वका अन्य केही देशमा पनि भेटिन थालेसँगै इजरायलले १४ दिनका लागि विदेशीहरुलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।इजरायलमा समेत एकजना ओमिक्रोन भेरियन्टबाट संक्रमित फेला परेको बताइएको छ ।

यस्तै, विश्वका विभिन्न मुलुकहरुले पनि दक्षिण अफ्रिका र केही उसका छिमेकी मुलुकबाट हुने हवाइयात्रामा प्रतिबन्ध लगाएका छन् । केही देशले भने अफ्रिकाबाट यात्रा गर्नेहरुलाई अनिवार्य क्वारेन्टिन र परीक्षण गर्नुपर्ने व्यवस्था लागू गरेका छन् ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोनलाई भेरियन्ट अफ कन्सर्न बताएसँगै त्यसबाट संक्रमित हुनेहरु विश्वका विभिन्‍न देशमा देखिन थालेका छन् । डब्लूएचओले ओमिक्रोन भेरियन्ट कत्तिको संक्रामक छ भनेर यकिन हुन अझै केही साता लाग्ने बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति