काठमाडौं, १२ मंसिर। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी छ । हालसम्म ३५ जिल्लाका सभापतिहरुको नतिजा आएको छ । जसमध्ये संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट १६ जना सभापतिहरु निर्वाचित भएका छन् ।वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले १९ जिल्ला सभापति जितेको छ । पौडेल पक्षले दाबी गरेकामध्ये जाजरकोटका वेदराज सिंह र रुकुम पश्चिमका प्रेमप्रकाश वलीलाई संस्थापन पक्षले पनि आफूनिकट दावी गरेको छ । अधिवेशनको दौरान पौडेल पक्षबाट उम्मेदवारी दिने तयारी गरेका सिंह र वलीले सर्वसम्मत सभापति बनेपछि गुटका आधारमा खुल्न नचाहेको बताइन्छ ।
देउवा पक्षका जिल्ला सभापतिहरु
१। शंकर गुरुङ – मनाङ
२। खड्क बोहरा – बझाङ
३। गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
४। मोहनविक्रम सिंह – हुम्ला
५। कान्छाराम तामाङ – रामेछाप
६। ऐनबहादुर शाही – मुगु
७। खमवी गर्बुजा – म्याग्दी
८। केशबहादुर विष्ट – सल्यान
९। रुपनारायण जबेगु – पाँचथर
१०। नरेन्द्रबहादुर सिंह – डोटी
११। दीपेन्द्रबहादुर शाही – डोल्पा
१२। कर्णबहादुर शाही – जुम्ला
१३। तेजेन्द्र खनाल– ओखलढुंगा
१४। डा। टकराज गुरुङ – लमजुङ
१५। भीमबहादुर साउद – डडेल्धुरा
१६। रामकृष्ण खाँण – रुपन्देही
पौडेल पक्षका जिल्ला सभापतिहरु
१। रोमी गौचन थकाली – मुस्ताङ
२। केशरमान रोका – रुकुम पूर्व
३। दीपक खड्का– संखुवासभा
४। नन्दप्रसाद न्यौपाने – गोरखा
५। विष्णु राई – खोटाङ
६। हिमालदत्त श्रेष्ठ –पाल्पा
७। राजु थापा – स्याङ्जा
८। किशोर आचार्य – रोल्पा
९। विष्णुकुमार गिरी – प्यूठान
१०। अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
११। विनोद बान्तवा – भोजपुर
१२। केशव श्रेष्ठ – अर्घाखाँची
१३। चतुरबहादुर चन्द – बैतडी
१४। बर्मा लामा – दोलखा
१५। अम्मबहादुर शाही – कालीकोट
१६। रामसिंह रावल – बाजुरा
१७। प्रेमप्रकाश ओली – रुकुम पश्चिम
१८। वेदराज सिंह – जाजरकोट
१९। अर्जुनकुमार पोखरेल – नवलपरासी पश्चिम
प्रतिक्रिया