काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन्।
बराल सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।बरालले ९ सय ९५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी सुदीपमोहन भट्टराईले जम्मा ९ सय १५ मत मात्रै ल्याएका थिए।पहिलो चरणमा सभापतिमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा निर्वाचन गरिएको थियो। कास्की कांग्रेस सभापतिमा पहिलो चरणमा ५ जना उठेका थिए। बराल शिक्षक संघको राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय हुँदै आएका हुन्। कांग्रेसको २०८८ मतदाता रहेकामा शनिबार एक हजार ९२६ मत खसेको थियो । ती मध्ये बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गरेका छन् । पहिलो चरणका निर्वाचनमा दुई हजार २५ मत खसेको थियो भने ४७ मत भने बदर भएको थियो । उक्त चरणमा आइबहादुर गुरुङ, पोषनाथ शर्मा, गिरीराज गौतम पनि प्रत्यासी थिए ।
कांग्रेस कास्की सभापतिमा बराल निर्वाचित
प्रतिक्रिया