चितवनका ५ पालिकामा माओवादीको नयाँ नेतृत्व चयन

काठमाडौं, १२ मंसिर । नेकपा (माओवादी केन्द्र)ले चितवनका सात मध्ये पाँच स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ ।शनिबार भएको पालिका सम्मेलनले भरतपुर महानगरपालिकामा ईश्वर सापकोटा, खैरहनी नगरपालिकामा रामेश्वर पोखरेल, राप्ती नगरपालिकामा रामचन्द्र पाठक, इच्छाकामना गाउँपालिकामा प्रताप गुरुङ्ग र माडी नगरपालिकामा प्रभुप्रसाद महतोलाई अध्यक्ष चयन गरेको हो ।

कालिका र रत्ननगर नगरपालिकामा नेतृत्व चयनमा विवाद देखिएको छ । रत्ननगरको सम्मेलन भने केही दिनका लागि भनेर स्थगित गरिएको छ ।माओवादी केन्द्रले भरतपुर महानगरमा ९९ सय, अन्यनगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्यीय कमिटी बनाएको छ ।भरतपुर महानगरको उपाध्यक्षमा सुरेन्द्र गुरुङ, टंक न्यौपाने, पवित्रा रिजाल, सचिवमा निशा न्यौपाने, सहसचिवमा प्रकाश कंडेल र कोषाध्यक्षमा हरिश्चन्द्र सुवेदी चयन भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति