पाँच घण्टा ढिलो गरी सुरु भयो एमालेको बन्दसत्र

काठमाडौँ, ११ मंसिर । नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ । चितवनको होटल सेभेन स्टरमा बन्दसत्र शनिबार बिहान १० बजे सुरु हुने कार्यतालिका थियो । तर निर्धारित समयभन्दा पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो । बन्द सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छन् । केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको एमाले नेताहरूले बताएका छन् । बन्द सत्रलाई विदेशबाट बोलाइएका अथितिहरुले सम्बोधन गर्ने छन भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना शन्देस पढेर सुचाइने कार्यक्रम छ ।बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधान गरेपछि बन्द सत्रको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति