एमाले महाधिवेशन : निर्वाचनका लागि ८ बुँदे आचारसंहिता

काठमाडौ., ११ मंसिर । नेकपा एमालेको निर्वाचन समितिले १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचनसँग सम्बन्धित कामलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

नेताहरूले सहमतिमार्फत नेतृत्व चयनमा जोड दिँदै गर्दा निर्वाचन समितिले पनि आफ्नोतर्फबाट गर्नुपर्ने कामलाई तीव्रता दिएको हो । समितिका संयोजक विजय सुब्बाले समितिले गर्नुपर्ने तयारी लगभग पुरा भएको भन्दै अध्यक्ष मण्डलले निर्वाचनको प्रक्रिया अगाडि बढाउन जिम्मेवारी दिएपछि काम अघि बढ्ने बताए । यस्तै निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले निर्वाचन सम्पन्न गर्नका लागि ८ बुँदे आचारसंहिता बनेको बताए ।

आचारसंहितामा निर्वाचनसँग सम्बन्धित विविध विषयहरू समेटिएको उनले बताए । आजै सौराहास्थित होटल सेभेन स्टारमा एमाले बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ भने नेताहरूले सहमतिमै नेतृत्व चयन हुने दाबी गर्दै आएपछि अहिलेसम्म सहमति भने जुट्न सकेको छैन । सोही कारण सहमति र निर्वाचन प्रक्रियासँग सम्बन्धित काम सँगसँगै अघि बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति