सांघाईमा तीनवटा कोभिड केश भेटिएपछि उडानहरू रद्द , विद्यालयहरु बन्द


सांघायी,१० मङ्सिर । चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको कारण सांघाईमा ३ कोरोनाभाइरसका घटनाहरू भेटिएपछि सयौं उडानहरू रद्द गरिएको छ भने केही विद्यालयहरू बन्द गर्नुको साथै भ्रमण समूहहरू शुक्रबार रद्द गरिएको छ । बेइजिङले यात्रा प्रतिबन्धहरू र कडा रुपमा गरिएका लकडाउनका कारण आफ्नो सिमानामा कोरोनाभाइरसको फैलावटलाई नियन्त्रण गर्न धेरै हदसम्म सफल भएको छ । साघांइबाट नजिकै पर्ने शहर सुझाउबाट फर्किएका ३ व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेको जनाइएको छ । बिहीबार साँझ जारी एक पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले कोरोना सङ्क्रमण भएका यी ३ जनाले नै पूर्ण मात्रा खोप लगाएका जानकारी दिइएको छ । शुक्रबार सांघाईका दुई प्रमुख विमानस्थलबाट ५०० भन्दा बढी उडानहरू रद्द गरिएका सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति