चितवन, १० मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली एकसाथ महाधिवेशनस्थल प्रवेश गरेका छन् ।
मञ्चमा सँगै उभिएर उनीहरूले हात हल्लाएर अभिवादन गरेका छन् । देउवा र ओलीले संयुक्त अभिवादन गर्दा कार्यकर्ताहरूले हुटिङ र नाराबाजी गरेका थिए ।लामो समयपछि देउवा र ओली मञ्चमा सँगै देखिएका हुन् । यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी भएयता उनीहरू एकै ठाउँमा देखिएका थिएनन् ।

प्रधानमन्त्रीका रूपमा देउवाले सपथ लिँदासमेत ओली उपस्थित भएका थिएनन् ।देउवाले मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पटकपटक ओलीसँग सम्बन्ध सुधारका लागि दूत बनाइ बालकोट पठाए पनि दुईजना औपचारिक कार्यक्रममा उपस्थित भएका थिएनन् ।

प्रतिक्रिया