ओलीलाई भेटेपछि राप्ती किनारमा एकसाथ देखिए एमालेका ६ नेता

चितवन, १० मंसिर । नेकपा एमालेको दसौँ महाधिवेशन सुरु हुनै लाग्दा नेताहरुबीच सहमतिका विकल्पको खोजी भइरहेको छ।
अध्यक्ष केपी शर्मा ओली सौराहा पुगेसँगै सर्वसम्मतिबाट नेतृत्व चयन गर्न नेताहरुले दबाब बढाइरहेका शुक्रबार बिहान पनि छलफल भएको छ।
ओलीविरुद्ध अध्यक्षमा लड्न तयार उपाध्यक्ष भीम रावललाई पनि बोलाइएको उक्त छलफल पार्क सफारी रिसोर्टमा भएको थियो।उक्त छलफलमा पनि नेताहरुले विभाजनको घाउ मेट्दै एकताको सन्देश सर्वसम्मतिबाटै नेतृत्व चयनको विकल्पमा छलफल गरेका छन्।
पार्क सफारीमा ओलीसँगको छलफलपछि एमालेको नेतृत्वमा जान तयार ६ नेताको राप्ती किनार नजिकैको फोटो सार्वजनिक भएको छ।

पार्क सफारीमा छलफलपछि राप्ती नदी किनार नजिकै खिचिएको उक्त फोटो एमालेनिकट खेलकुद महासंघका नेता प्रभातविक्रम कटुवालले सार्वजनिक गरेका हुन्।जहाँ दसौँ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षका आकांक्षी ईश्वर पोखरेल र सुवास नेम्वाङ पनि देखिएका छन्। त्यसैगरी उनीहरुसँगै महासचिवका दाबेदार विष्णु पौडेल, शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङ पनि देखिएका छन्। त्यस्तै अर्का नेता रघुवीर महासेठ पनि फोटोमा देखिएका छन्। उनले कुन पदमा उठ्ने केही घोषणा गरेका छैनन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति