चितवन, १० मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा अहिलेसम्म ६ जना नेताहरुले सम्बोधन गर्ने टुंगो लागेको छ ।
एमाले महाधिवेशनको उदघाटन नारायणी नदी किनारमा दिउँसो १२ः४५ बजे गर्ने छन् ।उदघाटन समारोहलाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । एमालेको तर्फबाट अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीले मात्र सम्बोधन गर्ने टुंगो लागेको छ ।उदघाटन समारोहमा अन्य राजनीतिक दलका शीर्ष नेताहरुले पनि शुभकामना मन्तव्य राख्नेछन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले एमाले महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्ने टुंगो लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।एमालेबाट अलग भएर छुट्टै पार्टी गठन गरेका नेकपा एकीकृत समाजवादीका नेताहरुलाई भने एमालेले महाधिवेशनमा निम्तो दिएको छैन ।
प्रतिक्रिया