शिवमाया तुम्बाहाङफे एमाले सचिवमा उठ्ने

चितवन, १० मंसिर।  एमाले केन्द्रीय सदस्य शिबमाया तुम्बाहाङफेले पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उमेदवारी दिने घोषणा गरेकी छन्।

संचारकर्मीसंग कुराकानी गदै उनले मनोननयन दर्ता गर्ने दिन सचिवमा उमेदवारी दिने बताइन्।‘पदाधिकारीमा महिलाको संख्या बढाउनुपर्छ। केन्द्रीय सदस्य अनुसारको उपस्थिति चाहिन्छ,’ उनले भनिन्, ‘अर्को कुरा महिलालाई बाध्यकारी प्रावधानमा मात्रै राखेर हुँदै, नेतृत्व तहमा पनि पुर्‍याउनुपर्छ।’ तुम्बाहाङफे प्रतिनिधि सभाकी पूर्वउपसभामुख हुन्। उनले कानुन न्याय तथा संसदीय व्यवस्था र भूमि मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेकी छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति