कानून व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री


काठमाडौँ, १० मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेर आन्दोलन गरिरहेका कानून व्यवसायीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आज छलफल गर्दैछन् ।नेपाल बार एसोसिएसनले आन्दोलन थालेको एक महिनापछि प्रधानमन्त्रीले कानून व्यवसायीलाई आज बिहान साढे १० बजे बालुवाटार बोलाएका हुन् ।

छलफलका लागि बार पदाधिकारी र बार सल्लाहाकार परिषदका सदस्यहरुसहितको टोली बालुवाटार जादैछ ।बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले यसैअवसरमा कांग्रेस संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री देउवालाई ज्ञापनपत्रसमेत बुझाउने बताए ।यसअघि प्रमुख सचेत र सचेतकसमेतसँग समय नभएपछि बारले ज्ञापनपत्र बुझाउन पाएको थिएन ।

बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दल, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाइसकेको छ ।एक महिनादेखि आन्दोलनरत बार र वृहत नागरिक आन्दोलनले हिजो बिहीबार मात्रै सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति