महाधिवेशनस्थलमा राखिएन ओलीको ‘कटआउट’

चितवन, ९ मंसिर । शुक्रबार उद्घाटन हुने नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि मञ्च निर्माण तथा परिसर सजावट कार्य बिहीबार साँझसम्मै गरिएको छ । चितवनको नारायणी किनारमा निर्माण गरिएको मञ्च परिसरमा एकसिंगे गैंडाले कम्युनिष्ट पार्टीको झण्डा समातेको मस्कट उभ्याइएको छ ।

मञ्च परिसरमा कम्युष्टि पार्टीको झण्डा, एमालेको चुनाव चिह्न सूर्य र मार्ग दर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको ब्यानर राखिएको छ । महाधिवेशन उद्घाटन हुने मञ्च परिसरमा जीवित नेताहरुको तस्वीर राखिएको छैन ।यसअघि एमालेको कार्यक्रमहरुमा केपी शर्मा ओलीको ‘कटआउट’ उभ्याउने र ठूलठूला तस्वीर टाँग्ने गरिएको थियो ।

गत असोजमा काठमाडौंको गोदावरीमा भएको एमालेको विधान महाधिवेशनमा पनि ओलीको कटआउट राखिएको थियो ।अघिल्ला महाधिवेशनहरुमा नेताहरुले आफ्नो उम्मेदवारीको ब्यानर र पोस्टर टाँग्ने गरेका थिए । तर यसपटक उम्मेदवारी घोषणा गरेका नेताहरुको समेत बिहीबार साँझसम्म कुनै प्रचार सामग्री देखिएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति