यी १५ विदेशी नेता आउँदै छन् एमाले महाधिवेशनमा


काठमाडौँ, ९ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन विभिन्न देशबाट १५ नेता आएने भएका छन्। एमालेको निमन्त्रणा स्वीकार गरी ८ वटा विदेशी पार्टीका १५ जना नेताहरु उपस्थित हुने निश्चित भएको पार्टीले जनाएको छ।

महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार नेकपा (एमाले) विदेश मामिला विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाबाट ८ वटा पार्टीका १५ जना पाहुनाहरू महाधिवेशनमा उपस्थित हुने निश्चित भएको बताएको हो। यसका साथसाथै २५ वटा देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा। राजन भट्टराईले जानकारी दिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति