एमाले महाधिवेशनमा पाँच पार्टीका प्रमुख नेता सहभागी हुने

काठमाडौं, ९ मंसिर ।  एमाले महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न पार्टीका शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने तय भएको छ । एमालेले संघीय संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई उद्घाटन समारोहमा निम्तो गरेको थियो ।पार्टी स्रोतका अनुसार महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने निश्चित भइसकेको छ । यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि आफूहरू आउने जानकारी गराएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि कार्यक्रममा सहभागी हुने निश्चित गरेको पार्टीद्वारा आज आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिइयो । एमाओवादी अध्यक्ष प्रचण्डले आउने/नआउने टुंगो दिएका छैनन् भने एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई निम्ता गरिएको छैन । प्रचण्ड नआएको खण्डमा उनले प्रतिनिधिको रूपमा अर्को नेतालाई पठाउने बुझिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति