मोरङमा नेपाली कांग्रेसको संस्थापन पक्ष कमजोर : यस्तो छ नतिजा

काठमाडौं, ९ मंसिर । कोइराला परिवारको बलियो राजनीतिक विरासत रहेको मोरङमा नेपाली कांग्रेसको संस्थापन पक्ष कमजोर सावित भएको छ।
१४ औं महाधिवेशनअन्तर्गत मोरङको संघीय निर्वाचन क्षेत्रको निर्वाचन परिणाममा पौडेल–कोइराला पक्षको वर्चश्व पुनः कायम भएको छ। ६ वटा निर्वाचन क्षेत्रमा पौडेल–कोइराला पक्षको पकड बलियो हुँदा संस्थापन पक्षका हस्तीहरू नै हारेका छन्।

निर्वाचन क्षेत्र नम्बर ५ बाहेक अन्य सबैमा पौडेल–कोइराला पक्षका सभापति निर्वाचित भए। निर्वाचन क्षेत्र नम्बर १ मा शंकर राई सर्वसम्मत भएका हुन्। यस्तै २ मा नागेश्वर सिंह, ३ मा गणेश खड्का र क्षेत्र नम्बर ५ मा जिवछ गच्छदार निर्वाचित भएका छन्। गच्छदार सर्वसम्मत निर्वाचित भएका हुन्। उनलाई संस्थापनतर्फका केन्द्रीय सदस्य अमृत अर्यालको साथ थियो।

निर्वाचन क्षेत्र नम्बर ६ मा सभापतिसहित सबै पदाधिकारी डा। शेखर कोइराला पक्षका विजयी भएका छन्। क्षेत्रीय सभापति देवराज तामाङले जितेका छन्। यो क्षेत्रमा महाधिवेशन प्रतिनिधिमासमेत कोइराला पक्षको पकड देखिएको छ। कांग्रेस निर्वाचनमा प्रदेश नं १ का सांसदसहितका नेता भने पराजित भएका छन्।

प्रदेश सांसदहरु बिन्दिया कार्की, शेखरचन्द्र थापा र शान्ता पौडेल पराजित भएका हुन्। यी तीन जना जना सांसद संस्थापन पक्षका हुन्। नेतृ मृदुला कोइराला, नेविसंघका पूर्वनेता बाबुराम कोइराला, दीपक लोहनी, महिला संघ मोरङकी सचिव प्रमिला थापा, दामोदर कोइरालालगायत पराजित भए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति