स्विडेनमा पहिलो पटक महिला प्रधानमन्त्री निर्वाचित

काठमाडौँ, ९ मंसिर ।  स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।स्विडेनको संसदले उहाँलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उहाँ स्विडेनको पहिलो महिला प्रधानमन्त्री बन्नु भएको हो । निवर्तमान अर्थमन्त्री समेत रहनु भएकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ समेत हुनुहुन्छ । संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका थिए । उहाँको भन्दा धेरै मत उहाँको विपक्षमा परेपछि नयाँ प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । नयाँ प्रधानमन्त्रीको पक्षमा भने एक सय ७४ जनाले मतदान गरेका थिए ।मतदानको समयमा ५७ सांसद अनुपस्थित भएका संसद सचिवालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति