नेप्सेमा सामान्य सुधार चार अर्ब एक्काइस करोडको कारोबार

काठमाडौँ, ८ मंसिर । बुधबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.८९ अंकले बढ्दै २७ सय ३५ विन्दुमा पुगेको हो । करिब दुई अंकले बढेको बजारमा आज ४ अर्ब २१ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

तर, आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने ०.२९ अंकले घट्दै ५१५.१९ बिन्दुमा झर्न पुगेको छ । यस दिन बैंकिङ, ट्रेडिङ र जीवन बीमा उपसमूह ऋणात्मक भएका छन् भने बाँकी अन्य समूह धनात्मक भएका छन् । आज सबैभन्दा बढी मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरूले अधिकतम ९.४७ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी गुँरास फाइनान्स लिमिटेडका लगानीकर्ताहरूले २.५५ प्रतिशतले गुमाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति