काठमाडौँ, ८ मंसिर । राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष तथा नेपाल बास्केटबल संघका पूर्वअध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।
बुधबार बिहान ३ बजे मोटर न्युरोन डिजिजबाट ग्रसित ५१ वर्षका शेर्पाको निधन भएको हो । बालुवाटारस्थित एक केयर होममा उपचारका क्रममा शेर्पाको निधन भएको नेकपा एकीकृत समाजवादीनिकट अनेरास्वियूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए । शेर्पा अमृत साइन्स क्याम्पसका पूर्वस्ववियू सभापतिसमेत थिए साथै उनले नेपाल ओलम्पिक कमिटीमा महासचिवको जिम्मेवारीसमेत सम्हालेका थिए ।
राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन
प्रतिक्रिया