गोसाईंकुण्ड , ८ मंसिर । रसुवाको गोसाईँकुण्डमा जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ साथै अन्य ६ जना घाइते भएका छन् । सोमबार बा १ ज ६१७६ नम्बरको जीप गोसाईंकुण्ड गाउँपालिका ६ ठाडेमा अनियन्त्रित भएर सडकबाट तल खस्दा चार वर्षीया बालिका नेबी घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। दुर्घटनामा घाइते भएका जीप चालक दोर्जे तामाङसहित अन्य ६ जनालाई उपचारका लागि त्रिशूली र धुन्चे पठाइएको रसुवा प्रहरीले जनाएका छन् ।
जीप दुर्घटनामा गोसाईंकुण्डमा चार वर्षीया बालिकाको मृत्यु साथै ६ घाइते
प्रतिक्रिया