काठमाडौं , ८ मंसिर । मंगलबार राति च्याम्पियन्स लिगअन्तर्गत समूहको ईको खेलमा बेन्फिकाले बार्सिलोनालाई बराबरीमा रोकेको छ। यस खेलको बराबरीसँगै बार्सिलोना एक खेल अगावै अन्तिम १६ मा पुग्नबाट बञ्चित भएको छ भने नकआउट चरणको यात्रा केही कठिन पनि बनेको छ।
मंगलबार राति भएको खेलमा बराबरी खेलेसँगै बार्सिलोनाले समूहमा पाँच खेलबाट ७ अंक बनाएको छ भने बेन्फिकाले पाँच खेलबाट ५ अंक हात पारेको छ। बार्सिलोनाले अन्तिम खेलमा समूहको बलियो टोली बार्यन म्युनिखसँगको खेलमा जित हात पारेमा अन्तिम १६ मा पुग्नेछ भनेउक्त खेलमा हारेको वा बराबरीको नतिजा हात पारेमा उसले बेन्फिकाले डाइनामो किभसँगको खेल गुमाउने वा बराबरीको लागि प्रार्थना गर्नुपर्ने हुन्छ।
च्याम्पियन्स लिगअन्तर्गत खेलमा बार्सिलोनाको बेन्फिकासँग बराबरी
प्रतिक्रिया