प्रधानन्यायाधीशको राजीनामा माग्दै बारद्वारा देशभरका उच्च अदालतमा विरोधसभा

काठमाडौं, ८ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एशोसिएशनले आज देशभरका उच्च अदालतमा विरोधसभा गरिरहेको छ ।प्रधानन्यायाधीश राणाको राजीनामाको मागसहित आन्दोलन गरिरहेको बारले उच्च अदालतमा विरोधसभाका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ ।बारले तेस्रो चरणको विरोध कार्यक्रम आगामी शुक्रबारसम्मका लागि तय गरेको छ।कार्तिक १४ गतेदेखि विभिन्न चरणको आन्दोलन जारी राखेका कानून व्यवसायीले प्रधानन्यायाशी राणालाई महाभियोग लगाउनुपर्ने भन्दै प्रमुख दलका शीर्ष नेता, राष्ट्रिय जनमोर्चा तथा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइ सकेका छन् ।त्यस्तै भोलि दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास हुँदैछ । प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग गर्दै बृहत् नागरिक आन्दोलन र विभिन्न पेशागत संघसंस्थाले संयुक्त मार्चपास गर्ने भएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति