काठमाडौँ, ७ मंसिर । मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढ्ने क्रममा रहेको जनाएको छ । महाशाखाले आज बिहान मौसम विश्लेषणसम्बन्धी एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।
जसअनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ मंसिर ०७ गते (मंगलबार)
दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ मंसिर ०८ गते (बुधबार)
दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ मंसिर ०९ गते (बिहिबार)
दिउँसो : प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली र लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली र लुम्विनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रतिक्रिया