बारले बुझायो सभामुख सापकोटालाई ज्ञापनपत्र

काठमाडौँ, ६ मंसिर । नेपाल बार एसोसिएसनले सोमबार सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणको माग गर्दै बारले ज्ञापनपत्र बुझाएको हो । प्रधानन्यायाधीश जबरामाथि उठेका प्रश्‍नबारे संसद्को ध्यानाकर्षण गराउन भन्दै बारको टोलीले सभामुख सापकोटालाई ज्ञापन पत्र बुझाएको हो ।दिउँसो २ बजे बारको टोलीले संसद् सचिवालयमा गएर सभामुख सापकोटालाई भेटेको थियो ।भेटमा बारका कानुन व्यवसायीहरुले सर्वोच्चमा जारी आन्दोलन तथा न्याय क्षेत्रका बेथितीहरुको बारेमा चर्चा समेत गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति