निक्षेपकर्तालाई ठगि गर्ने इच्छाराजलाई सञ्चयकोषको ३५ दिने अल्टिमेटम, नतिरे सीटीसी मल लिलामी गर्ने

काठमाडौं, ६ मंसिर । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीका निक्षेपकर्तालाई ठगि गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ थप समस्यामा परेका छन । कर्मचारी सञ्चय कोषले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ सहितको नाममा सार्वजनिक सूचना गरी गर्दै ऋणको साँवा व्याज भुक्तानी गर्न आग्रह गरेको छ ।कोषले सुचना जारी गर्दै ३५ दिनभित्र सम्पुर्ण सावाँ, ब्याज, ब्याजमा लाग्ने जरिवना र अन्य जरिवाना चुक्ता गर्न भएको छ ।

उक्त समय अवधिभित्र ऋण चुक्ता नगरे कोषले धितो लिलाम गरेर रकम असुल गर्ने बताएको छ । कोषले धितोकोरुपमा रहेको सुन्धारास्थिति ६ रोपनी क्षेत्रफलमा रहेको सिटिसी मल र सो निर्माण गरिएको ८२ हजार ९५ वर्गफिट बारबरको पसल समेत लिलाम गर्ने जनाएको छ ।इच्छराजले सिभिल इस्टेटसका अध्यक्ष इच्छाराज तामाङ सहित सञ्चालकहरु शिवलाल श्रेष्ट, केशवलाल श्रेष्ठ, विजय कुमार मुखिया र प्रविण मुखियाको नाम समेत सुचनामा प्रकाशित गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति