सर्वोच्चबाट दंगा प्रहरी हटे, बारको आन्दोलन जारी

काठमाडौ, ६ मंसिर । केही दिनयता तैनाथ गरिँदै आएका दंगा प्रहरी सर्वोच्च अदालत परिसरबाट हटाइएका छन् ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा विरुद्ध नेपाल बार एशोसिएसनको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको हो ।एसएलआरजस्ता अत्याधुनिक हतिायरसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध पनि जनाउँदै आएको थियो ।

नेपाल बारले भने प्रधानन्यायाधीस जबराको राजीनामा माग्दै सोमबार पनि आफ्नो आन्दोलन जारी राखेको छ । आन्दोलित कानून व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् । कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै जबराको राजीनामा मागेर तीन साताभन्दा बढी समयदेखि बार आन्दोलनमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति