काठमाडौँ, ५ मंसिर। नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आज पत्रकार सम्मेलन गदै उपाध्यक्ष रावलले आफूले उम्मेदवारी घोषणा गरेका हुन ।
महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएपनि अपानि लागू नहुँदा सम्झदारीमै व्यवधान हुनसक्ने आशंका कायमै रहेको उनले बताए ।
रावलले थापाथलीस्थित पार्टी कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको ठाउँ नपाएको गुनासो गरे । पार्टी महासचिवले महाधिवेशनका कारण कुनै पनि कक्ष खाली नभएको जानकारी पाएपछि बाहिर पत्रकार सम्मेलन गर्नु परेको उनले बताए ।
मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन गइरहेको एमालेको दशौ महाधिवेशनमा आफूले अध्यक्षमा उम्मेदवारी दिने बताए । अध्यक्षमा अहिलेसम्म वर्तमान अध्यक्ष केपी शर्मा ओलीमात्र निर्विकल्प अध्यक्ष देखिको बेला उपाध्यक्ष रावलले उनलाई चुनौति समते दिएका छन् ।
प्रतिक्रिया