लिभरपुलको आर्सनलमाथि जित

काठमाडौं, ५ मंसिर । शनिबार राति प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई ४–० ले पराजित गरेको छ ।

लिभरपुलका लागि घरेलु मैदान एनफिल्डमा भएको खेलमा चार फरक खेलाडीले गोल गरे । साडियो मानेले ३९औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा तीन गोल थपे । डिएगो जोटाले ५२औं, मोहम्मद सालाहले ७३औं र ताकुमी मिनामिनोले ७७औं मिनेटमा गोल गरेर साथै ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले दुई तथा मानेले एक गोलका लागि असिस्ट गरेपश्चात् लिभरपुलले सहज जित हात पारेको हो ।

जितपछि १२ खेलबाट २५ अंक जोड्दै लिभरपुल दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट २९ अंकसहित चेल्सी शीर्ष स्थानमा छ ।यस हारपछि आर्सनलको सबैखाले प्रतियोगितामा गरेर १० खेलको अपराजित यात्रा समेत समाप्त भएको छ । १२ खेलबाट २० अंकसहित आर्सनल पाँचौ स्थानमै यथावत छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति