सशस्त्र द्वन्द्वका कमी कमजोरी छानबिन गर्न प्रतिवद्ध छौं : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ५ मंसिर।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएका कमी कमजोरीको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न आफूहरु प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच युद्ध अन्त्य गर्नका लागि गरिएको विस्तृत शान्ति सम्झौता १५ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले सशस्त्र यद्धबाट भएको राजनैतिक उपलव्धीप्रति गर्व गर्दै भएका कमजोरीको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको बताएका हुन् ।

आजसम्मका राजनैतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमीकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौं’ उनले भनेका छन् ।युद्धलाई शान्तिमा रुपान्तरण गर्ने काम सम्पन्न भएपनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपुरण र संक्रमणकालीन न्यायको मान्यतामा आधारित छानविनको प्रक्रिया टुङ्गोमा पु¥याई समाजमा मेलमिलाप कायम गर्ने काम बाँकी नै रहेको प्रचण्डले उल्लेख गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति