योगगुरु रामदेव र आचार्य बालकृष्णलाई आठबुँदे मागपत्र

बनेपा, ५ मंसिर । भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णलाई पतञ्जली आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर काभ्रेका विद्यार्थीले आठबुँदे मागपत्र पेस गरेका छन् ।पतञ्जली योग समिति बनेपाले निर्माण गरेको भवन उद्घाटनका लागि बनेपा आउने क्रममा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ मा रहेको आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको अनुगमन गर्न पुग्ने क्रममा त्यहाँ अध्ययनरत विद्यार्थीले कजेल प्रशासनले विभिन्न बहानामा कलेज बन्द गर्ने र विश्वविद्यालयलाई कलेजले तिर्नुपर्ने रकम कलेज प्रशासनले नतिरेका कारण आफूहरुको परीक्षाको नतिजासमेत रोकिएको भन्दै कलेजलाई निर्वाध रुपमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन मागपत्र बुझाएको विद्यार्थीहरुले बताएका छन् ।

सो क्रममा विद्यार्थीहरुले आफूहरुले कलेजमा विभिन्न समस्या भोग्नुपरेको बताएका छन् । त्यसरी कजेलमा विभिन्न समस्या भोग्नुपरेको अवस्थालाई समाधान गर्न आग्रह गर्दै योगगुरु रामदेव र आचार्य बालकृष्णलाई विद्यार्थीले आग्रह गरेका हुन् ।

सो क्रममा विद्यार्थीहरुले प्रत्येक विषयका लागि विषयगत शिक्षकको अभाव र अन्तिम वर्षमा छ विषयमध्ये तीनवटा विषयगत विशेषज्ञको अभाव रहेको, प्रयोगशाला र बोटानिकल गार्डेनको अभाव, विषयगत विभाग सञ्चालन नभएको, आफ्नै आयुर्वेद अस्पतालको अभाव ९भवन बनिसकेको भए पनि सञ्चालनमा नआएको०, ट्रष्टीबाट बेलाबेलामा कलेज बन्द गर्ने धम्की आउने, नियमित आन्तरिक परीक्षाको अभाव, समयमा विश्वविद्यालयलाई तिर्नुपर्ने शुल्क नतिर्दा आफूहरुको परीक्षाको नजितासमेत रोकिएको र खेलकुद मैदान तथा सामग्रीको अभाव रहेका कारण त्यसलाई समयमा नै व्यवस्थापन गरिदिन मागपत्र पेस गरेको हो ।

कजेलका पाँचौँ वर्ष ९अन्तिम वर्ष० का विद्यार्थी रुपेशकुमार ठाकुरले आफूहरुले कलेजमा भोग्दै आएका समस्या सबै प्रस्तुत गरेर समाधान गरिदिनका लागि आग्रह गरिएको बताए । समस्याको समाधान गर्नका लागि उनीहरुलाई बुझाएको मागपत्र चौथो पटकको भएको विद्यार्थीहरुको भनाइ छ ।

आफूहरुले अहिलेसम्ममा अध्ययन मात्रै गरिरहेकामा कलेजले इन्टर्नसिपसमेत नगराएकामा मागपत्र राखेपछि योगगुरु रामदेवले हरिद्वार लगेर भए पनि इन्टर्नसिप गराउने र कलेजमा भएका सबै समस्याबारे आफूलाई जानकारी भएकाले बिस्तारै सबै समस्याको समाधान गर्दै जाने आश्वासन दिएको बताइएको छ ।

यसैबीच पतञ्जली योग समिति बनेपाले निर्माण गरेको आफ्नै भवनको शनिबार एक समारोहबीच योगगुरु रामदेव र आचार्य बालकृष्णले उद्घाटन गरेका छन् । बनेपा नगरपालिका–५ मा निर्माण गरेको नयाँ भवन पक्की तीनतलाको छ । भवनको उद्घाटन गर्दै योगगुरु रामदेवले योगले आफ्नो जीवनले पुण्य मिल्ने बताए । सो क्रममा उनले राजनीतिक धर्म अस्थायी भएको र योग धर्म स्थायी भएकाले योग धर्मले शान्ति, अहिंसा, प्रेम र करुणाको भाव दिने बताए ।

आचार्य बालकृष्णले मान्छेले गरेको श्रद्धा र समपर्णलाई अरू कसैले भौतिक रुपमा मूल्याङ्कन नगरे पनि आन्तरिक मूल्याङ्कन हुनेमा जोड दिए । कोरोनाको समयमा नेपाल र भारतमा कुनै पनि संस्थाले सेवा र लाभ पुर्‍याएको छ भने पतञ्जली योग समितिले गरेको जनाउँदै त्यो बेलामा गुर्जो र तुलसी बोकेर योग ज्ञानका बारेमा शिक्षा दिँदै हिँडेको उनले स्मरण गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति