विश्वभर ४ लाख ७७ हजार ७४४ जना संक्रमित थपिए

काठमाडौँ, ५ मंसिर । विश्वभर थप ४ लाख ७७ हजार ७४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।ओल्डोमिटरको तथ्यांकअनुसार बेलायतमा ४० हजार ९४१, रुसमा ३७ हजार १२०, अमेरिकामा ३६ हजार ६३३, टर्कीमा २३ हजार ३४७, फ्रान्समा २२ हजार ६७८ र ब्राजिलमा ८ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको हो ।यही अवधिमा ३ लाख ८९ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् भने ५ हजार ६१७ जना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा रुसमा एक हजार २५४, अमेरिकामा ४०४, ब्राजिलमा २१४, टर्कीमा २०१, बेलायतमा १५० र फ्रान्समा २३ जना छन् ।थपिने संक्रमितमा बेलायतमा ३९ हजार १८१, रुसमा ३६ हजार १७२, अमेरिकामा २९ हजार ४५४, टर्कीम २९ हजार १६३, फ्रान्समा ६ हजार २७९ र ब्राजिलमा २ हजार ९१६ जना छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति