काठमाडाैँ, ४ मंसिर । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ ।
टिपरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालक २२ वर्षका मिलन तामाङको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
ओभरटेक गर्ने मोटरसाइकल वाग्मती प्रदेश ०२–०३० प ०१६८ नम्बरको र वाग्मती प्रदेश ३–०१–००३ क ७८५१ नम्बरको टिपरकाे सूर्यविनायक नगरपालिकामा–६ मा दुर्घटना भएको बताएका छन्।
प्रतिक्रिया